२०२६-०८-१२
‘जेरी अन टप’ले घरेलु फिल्म बजारमा ल्यायो हलचल>
Action

‘जेरी अन टप’ले घरेलु फिल्म बजारमा ल्यायो हलचल

काठमाडौं । पर्वतीय–रोमान्टिक कथा ‘जेरी अन टप’ले नेपाली फिल्म बजारमा नयाँ उत्साह जगाएको छ। आधिकारिक हिसाब आइतबार दिउँसोसम्म नआए पनि यो फिल्मले निकट भविष्यमै १० करोडको आँकडा पार गर्ने प्रबल सम्भावना देखाएको छ। यदि त्यसो भयो भने, यो अभिनेता अनमोल केसीको करिअरमा पहिलो १० करोड क्लबमा प्रवेश गर्ने फिल्म बन्नेछ।

दशैंमा प्रदर्शन भएका फिल्मले दर्शक हलसम्म तान्न नसकेको अवस्थामा ‘जेरी अन टप’ले त्यो रिक्तता भरेको छ। फिल्मको बक्स अफिस प्रदर्शनलाई हेर्दा यो ‘सुपरहिट’ बन्ने बाटोतर्फ अघि बढेको देखिन्छ।

फिल्मको सफलता केवल कमाइको अंकगणितमा होइन, दर्शकको मनोविज्ञानमा पनि जोडिएको छ। जेनजी पुस्ताको मनोभाव, सौन्दर्यपूर्ण दृश्य, संगीत, प्रेम र सम्बन्धको सरल प्रस्तुति यसलाई फरक बनाउँछ।

हिमाली भूगोल, सगरमाथाको प्रतीकात्मक सौन्दर्य र ग्लोबल अपिलले पनि दर्शक आकर्षित गरेका छन्। हिंसा र जटिलताबाट थाकेका दर्शकका लागि ‘जेरी अन टप’ एक ताजा, शान्त र ‘इस्केप्टिक’ अनुभव बनेको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart