ताजा खबर
काठमाडौं । दक्षिण भारतीय अभिनेता राजीव पिल्लईसँग नेपाली कलाकार राजेश हमाल र नीति शाहले नयाँ म्युजिक भिडियोमा अभिनय गरेका छन्।
नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धमाथि आधारित यो सांगीतिक भिडियोको आधा भाग काठमाडौंमा छायांकन गरिएको छ। मलायलम भाषाका सुपरस्टार पिल्लईले आफ्नो इन्स्टाग्राममार्फत काठमाडौं छायांकनबारे जानकारी दिएका छन्। विशेषगरी वसन्तपुर दरबार स्क्वायरमा उनलाई नीतिसँग हिँडिरहेको देख्न सकिन्छ।
नीतिले अनलाइनखबरसँग भनिन्, “‘खासमा यो भिडियोमा राजेश हमाल र पिल्लईले मुख्य अभिनय गर्नुभएको छ। मैले पिल्लईको साथीको भूमिकामा अभिनय गरेकी छु।’” उनले भिडियोको बाँकी छायांकन अझै बाँकी रहेको पनि जानकारी दिइन्।
यो गीत इन्डो–नेपाल फ्रेन्डसिप अर्थात् नेपाल–भारत मैत्रीलाई समर्पित रहेको छ।
Super Admin
>