ताजा खबर
काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजन आउँदो शुक्रबारदेखि प्रसारण हुने भएको छ। शोका आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नयाँ सिजन १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीमा प्रसारण हुने बताएका छन्।
यस सिजनमा कोचका रूपमा राजु लामा र प्रमोद खरेल पुनः फर्किएका छन्। उनीहरूसँगै गायक खेम सेन्चुरी र गायिका मेलिना राई पनि पहिलोपटक कोचको रूपमा देखिने भएका छन्।
‘भ्वाइस अफ नेपाल’ पछिल्ला सिजनहरूमा उत्कृष्ट गायक–गायिका खोज्ने मञ्च बनेको छ। सातौं सिजनमा नयाँ प्रस्तोता, फरक शैली र आकर्षक प्रतिस्पर्धासहित दर्शकले अझ मनोरञ्जनको अनुभव गर्ने अपेक्षा गरिएको छ।
Super Admin
>