२०२६-०६-१३
चुच्चेपाटी भाटभटेनीमा जलेका ६ शव फेला, पहिचान अझै खुल्न सकेन>
Action

चुच्चेपाटी भाटभटेनीमा जलेका ६ शव फेला, पहिचान अझै खुल्न सकेन

काठमाडौँ — राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ। भदौ २४ गते प्रदर्शनकारीले आगो लगाएको सो भाटभटेनीमा आइतबार बिहानसम्म पनि धुवाँ निस्किरहेको छ।

काठमाडौं प्रहरी परिसरका एक अधिकृतका अनुसार भेटिएका शवहरू प्रदर्शनकारी, कर्मचारी वा लुटपाटका क्रममा भित्र छिरेका व्यक्तिको हुन् भन्ने अझै प्रष्ट हुन सकेको छैन। “शव भेटिएको छ, तर पहिचान खुल्न बाँकी छ,” ती अधिकृतले सेतोपाटीलाई बताए।

प्रहरीले राजधानीका अन्य भाटभटेनी शाखाहरूमा पनि मानिसहरू जलेको हुनसक्ने आकलन गर्दै थप खोजतलास अघि बढाएको छ।

भदौ २४ गते आन्दोलनका क्रममा काठमाडौंका अधिकांश भाटभटेनी आउटलेटहरूमा आगजनी भएको थियो। केही स्थानमा भने स्थानीयवासीले आगो लगाउनबाट जोगाएका थिए। आगलागीपछि लुटपाटका लागि मानिसहरू पसलभित्र छिरेको पनि प्रहरीको भनाइ छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart