ताजा खबर
काठमाडौँ — जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ। साथै, प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय भएको छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेलगत्तै उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा हालसम्म ७२ जनाको ज्यान गएको छ। तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।
यसैगरी १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको सरकारको तथ्याङ्कमा उल्लेख छ।
Super Admin
>