ताजा खबर
काठमाडौं — भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो पौने २ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सुरु हुनेछ।
नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियाले उत्तर कोरियासँग १५-० को ठूलो हार भोगेको थियो। पहिलो खेलमा बराबरी खेलेको कारण नेपाली टोलीको समूह विजेताको संभावना केही कमजोर भएको छ। अब बलियो टोली उत्तर कोरियासँगको खेल बाँकी रहेको छ।
यस प्रतियोगितामा प्रत्येक समूहको विजेताले एसियन कपको स्थान सुरक्षित गर्नेछ भने थप दुई उत्कृष्ट उपविजेताहरूलाई पनि छनोट गरिनेछ।
Super Admin
>