ताजा खबर
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जेन-जी प्रदर्शनका क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ।
लैनचौरस्थित ‘एनसेल आइकन’ मुख्यालयमा २४ भदौमा प्रदर्शनका नाममा केही अपराधी समूहले तोडफोड, आगजनी र डकैती गरी कम्पनीलाई ठूलो क्षति पुर्याएको भन्दै एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दिएको हो।
उजुरीमा सुरक्षाकर्मीलाई धम्क्याएर कोठामा थुनी भवनभित्र प्रवेश गरी विभिन्न तला तोडफोड, कागजात जलाउने, नगद र सेफ लुट्ने, मूल्यवान् विद्युतीय उपकरण, कम्प्युटर, प्रिन्टर, गहना तथा व्यक्तिगत सामान समेत डकैती गरेको उल्लेख छ। साथै, कम्पनीका महँगा गाडी, कर्मचारीका सवारीसाधनसमेत आँगनमा ल्याई जलाइएको छ।
एनसेलले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाही गर्न, लुटिएको सम्पत्ति फिर्ता दिलाउन र आगजनीबाट भएको क्षतिपूर्ति भरपाई गराउन माग गरेको छ। यसका लागि कम्पनीले क्षतिको सूची, विवरण र घटनाका सम्पूर्ण सीसीटीभी फुटेज पनि प्रहरीलाई उपलब्ध गराएको जनाएको छ।
Super Admin
>