२०२६-०६-११
एएफसी यू–२० महिला एसियन कप छनोटबाट नेपाली टोली स्वदेश फर्कियो, उत्तर कोरियासँग ११–० को हार>
Action

एएफसी यू–२० महिला एसियन कप छनोटबाट नेपाली टोली स्वदेश फर्कियो, उत्तर कोरियासँग ११–० को हार

काठमाडौं । भुटानमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट यात्रा पूरा गरी नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ। समूह ‘ए’ को अन्तिम खेलमा नेपालले आइतबार बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग ११–० को भारी हार व्यहोरेको थियो।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमै पाँच गोल गर्‍यो भने दोस्रो हाफमा थप छ गोल जोड्दै सहज जित सुनिश्चित गर्‍यो।

नेपालले यसअघिका दुई खेलमा भुटानसँग १–१ को बराबरी र साउदी अरेबियामाथि १–० को जित दर्ता गर्दै कुल ४ अंक मात्र हासिल गर्न सक्यो।

समूह ‘ए’ मा सबै तीन खेल जितेको उत्तर कोरिया ९ अंकका साथ विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा स्थान सुरक्षित गरेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart