ताजा खबर
चीनले आफ्नो नयाँ मानवसहितको अन्तरिक्ष अभियान ‘शेन्जो–२१’ बुधबार राति ११:४४ बजे प्रक्षेपण गर्ने तयारी गरेको छ।
चिनियाँ सञ्चार माध्यमहरूका अनुसार, यो उडान चीनको उत्तर–पश्चिमस्थित जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट हुनेछ।
यो अभियान तियांगोङ अन्तरिक्ष स्टेशन तर्फ पठाइनेछ, जहाँ प्रत्येक छ महिनामा नयाँ तीन सदस्यीय टोली अदल–बदल गरिने गर्छ। अरबौँ डलरको लगानीमा बनेको तियांगोङ चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो र महत्वाकांक्षी अन्तरिक्ष परियोजना हो, जसको लक्ष्य अमेरिका र रूससँग प्रतिस्पर्धा गर्दै अग्रस्थान हासिल गर्नु हो।
यो मिशनमा चीनका सबैभन्दा कान्छा अन्तरिक्ष यात्री वू फेई (३२ वर्ष) पनि सहभागी हुँदै छन्। उनी फ्लाइट इन्जिनियर हुन्। उनले प्रस्थानअघि भने, “बाल्यकालको सपना आज साकार हुँदैछ, यो मेरो जीवनको सबैभन्दा ठूलो गौरव हो।”
टोलीका अन्य सदस्यमा कमाण्डर झाङ लू र झाङ होङझाङ रहेका छन्। उनीहरू तियांगोङमा दीर्घकालीन अनुसन्धानका कार्यमा संलग्न हुनेछन्।
सबैभन्दा रोचक पक्ष भनेको यो अभियानसँगै अन्तरिक्षमा पहिलोपटक चारवटा मुसा (२ पोथी र २ भाले) पठाइँदै छ, जसमा जैविक तथा स्वास्थ्यसम्बन्धी प्रयोग गरिनेछ।
यस प्रयोगबाट अन्तरिक्षमा जीव विज्ञान र स्वास्थ्यसम्बन्धी नयाँ ज्ञान प्राप्त हुने अपेक्षा गरिएको छ।
Super Admin
>