ताजा खबर
निरन्तर परेको वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ। विशेषगरी तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्गमा सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएसँगै धरान–धनकुटा–मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ। यसले पूर्वी पहाडका जिल्लासँगको यातायात सम्पर्क काटिएको छ।
त्यस्तै, इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग पनि बन्द भएको छ। गत असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएको नयाँ ट्र्याकमा फेरि पहिरो गएपछि सडक ध्वस्त बनेको हो। जमिन भासिएका कारण समेत यातायात सञ्चालन असम्भव बनेको स्थानीय प्रशासनले जनाएको छ।
मोन्था चक्रवातको आंशिक प्रभावसँगै वर्षा अझै जारी रहने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझदेखि सो सडकखण्डमा सवारी चलाउन रोक लगाएको छ।
यस्तै, वर्षा र पहिरोका कारण बीपी राजमार्ग पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले पुष्टि गरेको छ।
Super Admin
>