ताजा खबर
बेलायती युट्युबर ह्यारी ज्याक्सन, जो युट्युब च्यानल ‘WeHateTheCold’ चलाउँछन्, हालै नेपाल आइपुगेका बेला जेन–जी आन्दोलनको भयानक दृश्यकै बीचमा परे। १९ जनाको मृत्यु भइसकेको आन्दोलनमा उनले भाग लिँदै भिडमा घुसेर, अश्रु ग्यास सहेर, आगजनी र तोडफोडको बीच आफ्नो क्यामरामा फुटेज कैद गरे।
ह्यारीले मात्र आन्दोलनका दृश्य नभई नेपालीहरूको उदारता र आतिथ्य पनि कैद गरेका छन्। उनका भिडिओमा प्रदर्शनकारीले समेत मुस्कानसहित स्वागत गरेका, सडकमा रहेका मानिसहरूले पानी र सहयोग प्रदान गरेका दृश्य समावेश छन्।
उनको भिडियो युट्युबमा दुई दिनमै एक करोड भ्युज र हाल साढे दुई करोडभन्दा बढीले हेरेका छन्। ह्यारीका अनुसार नेपालमा यस अनुभवले उनलाई मानवता र नेपालीहरूको महानता देखाएको छ।
सामान्यत: थाइल्यान्डदेखि बेलायतसम्मको बाइक यात्रा गर्ने क्रममा काठमाडौं आएका ह्यारी यसपटक अनायासै नेपालको ऐतिहासिक आन्दोलनको साक्षी बने। उनका भिडिओहरूले नेपाल सुरक्षित पर्यटक स्थल मात्र नभई कठिन परिस्थितिमा पनि मानवीय मूल्य कायम रहेको देखाएका छन्।
Super Admin
>