२०२६-०६-१४
भाटभटेनी आगजनी : १२ अस्थिपञ्जर फेला, डिएनए परीक्षणमा चुनौती>
Action

भाटभटेनी आगजनी : १२ अस्थिपञ्जर फेला, डिएनए परीक्षणमा चुनौती

काठमाडौं सहित विभिन्न शहरका भाटभटेनी सुपर स्टोरमा भएको आगजनीपछि अहिलेसम्म १२ वटा अस्थिपञ्जर फेला परेका छन्। तीमध्ये हालसम्म रामेछापका २२ वर्षीय विकास रसाइलीको मात्र सनाखत भएको छ।

सुनसरी, मोरङ, काठमाडौं र धरानका विभिन्न भाटभटेनी शाखामा फेला परेका अस्थिपञ्जर महाराजगञ्जस्थित टिचिङ अस्पतालको फरेन्सिक विभागमा राखिएका छन्। प्रहरीका अनुसार आफन्त आएमा डिएनए परीक्षण गरिनेछ, नआए पनि नमूना निकालेर राखिनेछ।

विशेषज्ञहरूले भने उच्च तापक्रममा जलेका अस्थिपञ्जरबाट नमूना निकाल्न कठिन हुने बताएका छन्। पूर्वएसएसपी राकेशकुमार सिंहका अनुसार डिएनए परीक्षण शव वा अपराध अनुसन्धानका लागि सबैभन्दा प्रभावकारी तरिका भए पनि यो अवस्थामा जटिलता आउन सक्छ।

भाटभटेनीले आफ्ना कर्मचारी नभएको दाबी गरेको छ। प्रहरीका अनुसार हालसम्म चार वटा हराएको भनेर निवेदन परेको छ। अस्थिपञ्जरको पहिचानका लागि विस्तृत अनुसन्धान र डिएनए परीक्षण गरिने तयारी भइरहेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart