२०२६-०६-१४
बलात्कार आरोपी कान्छा भाइलाई बेलायती राजाले राजमहलबाट निकाले>
Action

बलात्कार आरोपी कान्छा भाइलाई बेलायती राजाले राजमहलबाट निकाले

बेलायतका राजा चार्ल्स तेस्रोले आफ्ना कान्छा भाइ प्रिन्स एन्ड्र्यूबाट राजकुमारको उपाधि र निवास अधिकार दुबै खोस्ने निर्णय गरेका छन्। उनी विन्डसरस्थित घरबाट पनि निकालिएका छन्। बकिङ्घम प्यालेसले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, “शाही परिवारले जेफ्री एप्स्टिन काण्डसँग एन्ड्र्यूको सम्बन्धका कारण दूरी कायम गर्न चाहन्छ।”

६५ वर्षीय एन्ड्र्यू दिवंगत महारानी एलिजाबेथ द्वितीयका कान्छा छोरा हुन्। उनी अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँग लामो समयदेखि जोडिएका थिए। एप्स्टिनमाथि नाबालिग बालिकाहरूको यौन शोषणको आरोप थियो। भर्जिनिया गिफ्रे नामकी युवतीले सन् २००१ मा आफू १७ वर्षकी हुँदा एन्ड्र्यूले शोषण गरेको दाबी गरेकी थिइन्।

गिफ्रेको हालै प्रकाशित आत्मकथा “नो बडी’ज गर्ल” ले विवाद पुनः चर्काएको हो। त्यसपछि एन्ड्र्यूमाथि पुनः राजनीतिक र सार्वजनिक दबाब बढेको छ।

प्यालेसका अनुसार, अब एन्ड्र्यूलाई “एन्ड्र्यू माउन्टब्याटन–विन्डसर” भनेर मात्र चिनिनेछ। पहिले उनी “प्रिन्स एन्ड्र्यू, ड्यूक अफ यर्क” थिए।

राजा चार्ल्सको यो निर्णयलाई शाही घरानाको साख जोगाउने रणनीतिक कदमका रूपमा हेरिएको छ। एप्स्टिन काण्डपछि एन्ड्र्यूको प्रतिष्ठा र सार्वजनिक छवि गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart