२०२६-०६-१४
भारी हिमपात र पहिरोले उपल्लो मुस्ताङ सम्पर्कविहीन, साढे पाँच सय पर्यटक फसे>
Action

भारी हिमपात र पहिरोले उपल्लो मुस्ताङ सम्पर्कविहीन, साढे पाँच सय पर्यटक फसे

अविरल वर्षा र भारी हिमपातका कारण उपल्लो मुस्ताङ क्षेत्र सडक, बिजुली र इन्टरनेट सेवाबाट पूर्ण रूपमा विच्छेद भएको छ। जोमसोम–कोरला राष्ट्रिय गौरवको सडकखण्ड ठाउँ–ठाउँमा भासिएर र पहिरो खस्दा आवागमन ठप्प बनेको छ। यसले गर्दा साढे पाँच सयभन्दा बढी पर्यटक र १०८ सवारी साधन त्यहीँ फसेका छन्।

बागबेनी कटेर छुसाङदेखि माथि सडक, बिजुली र इन्टरनेट अवरुद्ध भएका छन्। लोमान्थाङलगायत बस्तीहरूसँग ११ गतेदेखि नै सम्पर्क विच्छेद भएको छ। प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाका अनुसार छुसाङदेखि माथि आधा दर्जनभन्दा बढी ठूला पहिरो खसेका छन् र जेसिबी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङमा रहेका सबैसँग सम्पर्क विच्छेद भएको छ र ठूलो पहिरो पन्छाउन कम्तीमा तीन दिन लाग्ने अनुमान गरिएको छ।

हिमपातका कारण किसान उत्साहित भए पनि प्राकृतिक जोखिम बढेको छ। प्रशासनले यात्रु र स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। अहिले जोमसोम–कागबेनी सडक सञ्चालनमा आइसकेको छ, तर छुसाङदेखि माथिको क्षेत्र अझै सम्पर्कविहीन छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart