ताजा खबर
शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि यसको असर नेपाली बजारमा पनि परेको हो। विश्लेषकहरूका अनुसार हालै अमेरिकी केन्द्रीय बैंक (Federal Reserve) ले कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको निर्णयले सुनचाँदीको मूल्यमा उकालो थपिएको हो।
ब्याजदर घट्दा लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित हुने भएकाले विश्व बजारमा यसको माग बढ्ने गर्छ। यसले नेपाली बजारमा समेत प्रत्यक्ष प्रभाव पार्ने गर्छ।
लगातारको मूल्य वृद्धिले सुनचाँदी व्यवसायी र लगानीकर्ताहरूबीच बजारको आगामी प्रवृत्तिप्रति चासो बढाएको छ।
Super Admin
>