२०२६-०६-१३
अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने प्रहरी निर्णय : मानव अधिकारको संरक्षणतर्फ एक कदम>
Action

अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने प्रहरी निर्णय : मानव अधिकारको संरक्षणतर्फ एक कदम

काठमाडौं । नेपाल प्रहरीले अबदेखि कुनै पनि घटनामा संलग्न भनी पक्राउ परेका आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले देशभरका सबै मातहत प्रहरी कार्यालयहरूलाई परिपत्र पठाउँदै आरोपीको तस्बिर सार्वजनिक नगर्न निर्देशन दिएको हो।

प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार यो निर्णय मानव अधिकारको संवेदनशीलतालाई ध्यानमा राखेर गरिएको हो। उनका अनुसार, “आरोपीको तस्बिर सार्वजनिक गर्दा निर्दोष प्रमाणित भए पनि सामाजिक कलङ्क लाग्न सक्छ, जसले उसको जीवनभर असर गर्न सक्छ।”

डिआइजी घिमिरेले बताए अनुसार केही समयअघि महान्यायाधिवक्ता कार्यालयमा आयोजित समन्वयात्मक बैठकमा प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले स्वयं आरोपीको तस्बिर सार्वजनिक नगर्ने विषयमा सहमति जनाएका थिए।

उनले थपे, “संवेदनशील मुद्दाहरूमा आरोपीप्रति समाजमा नकारात्मक धारणा बन्ने जोखिम हुन्छ, जुन मानव अधिकारको उल्लङ्घनमा पर्न जान्छ। त्यसैले प्रहरी संगठनका प्रमुखकै सहमतिमा अबदेखि यस्तो कार्य नगर्ने निर्णय भएको हो।”

यो निर्णयबाट अपराध अनुसन्धानको मर्यादा र आरोपीको गोपनीयता दुवैको संरक्षण हुने प्रहरीको भनाइ छ।

यो अभ्यासले मुलुकमा ‘निर्दोष साबित नभएसम्म दोषी होइन’ भन्ने न्यायिक सिद्धान्तलाई सम्मान दिनुका साथै मानव अधिकारको संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart