२०२६-०६-१३
विदेश नजाने निर्णय, स्वदेशमै रोजगारी : बागलुङमा दुई युवाको साबुन उद्योग>
Action

विदेश नजाने निर्णय, स्वदेशमै रोजगारी : बागलुङमा दुई युवाको साबुन उद्योग


बागलुङ — वैदेशिक रोजगारीको लहरमा सहर–गाउँका युवायुवती विदेशिने दौडमा लागिरहेका बेला बागलुङका दुई युवाले भने स्वदेशमै उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका छन्।

काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले एक करोडभन्दा बढी लगानी गरेर साबुन उद्योग सञ्चालनमा ल्याएका हुन्। स्नाकोत्तर उत्तीर्ण यी दुवैलाई परिवार र साथीहरूले ‘विदेश जाऊ, भविष्य सुरक्षित हुन्छ’ भन्ने सल्लाह दिएका थिए। तर उनीहरूले उल्टै स्वदेशमै केही गर्नुपर्ने संकल्प लिए।

२०७८ सालमा दर्ता गरिएको टी एण्ड टी म्यानुफ्याक्चरिङ उद्योगले २०८० सालदेखि ‘कालिका साबुन’ उत्पादन सुरु गरेको हो। हाल उद्योगमा ६ जना स्थानीयलाई रोजगारी दिइएको छ।

बागलुङ बजारको हल्लनचोकनजिकै रहेको उद्योगले भाँडा र कपडा धुने साबुन उत्पादन गर्दै आएको छ। यी साबुनहरू अहिले बागलुङका गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङसँगै म्याग्दी र पर्वतका मुख्य सहरमा बिक्री भइरहेका छन्।

५० लाख लगानीबाट सुरु भएको उद्योग अहिले एक करोडभन्दा बढी लगानीमा पुगेको छ। वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कारोबार हुने उद्योगका सञ्चालक तीर्थ गौतमले बताए। दुई सय ग्रामको साबुन बजारमा ५० रुपैयाँमा उपलब्ध हुन्छ।

तारा शर्माको भनाइमा, “विदेश जाने लहर चलिरहेका बेला हामीले यहीँ केही गर्नुपर्छ भन्ने सोच बनाएर साबुन उद्योग सुरु गरेका हौं। नयाँ कामको सुरुआत आफैंबाट थालनी गर्नुपर्छ भन्ने मान्यताले गर्दा हामी अघि बढेका हौं।”

निकट भविष्यमै सरफ, हार्पिक र कुलिन उत्पादन गर्ने तयारी रहेको उद्योगले साबुनको गुणस्तरलाई प्राथमिकता दिएको दाबी पनि गरेको छ।

विदेशिएका साथीहरू फर्केर भन्छन्—‘नेपालमै केहि हुँदैन’। तर तीर्थ र ताराको साबुन उद्योगले भने विपरीत उदाहरण देखाएको छ—देशमै बसेर पनि अवसर सिर्जना गर्न सकिन्छ।




Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart