२०२६-०६-१३
उडान रोकिँदा इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान>
Action

उडान रोकिँदा इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान

इलाम — जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल पछिल्लो तीन महिनादेखि सुनसान बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३३ उडान भरेको यो विमानस्थल जेठयता कुनै पनि उडान नभएपछि स्थानीय निराश भएका छन्।

इलाम नगरपालिका–९ मा बनेको विमानस्थलबाट पहिलो परीक्षण उडान तारा एयरले २०७५ जेठ २१ गते गरेको थियो। त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघमा सफल परीक्षण उडान गर्‍यो। शुरुवाती दिनमा तारा एयरले सातामा दुईपटक र पछि नेपाल एयरलाइन्सले शनिबार उडान गर्दै आएको थियो। तर नगरपालिकासँगको सम्झौता सकिएपछि नियमित उडान कायम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए।

नेपाल एयरलाइन्सले पछिल्लो पटक २०८२ जेठ १४ गतेसम्म उडान गरेको भए पनि त्यसपछि मौसम र प्राविधिक कारण देखाउँदै उडान रोकिएको स्टेशन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए।

इलामवासीले नियमित उडानका लागि पटक–पटक माग गर्दै आएका छन्। वडाध्यक्ष गोपाल चौहानका अनुसार नगर कार्यपालिकाको बैठकमा निरन्तर कुरा उठाइए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।

विमानस्थल ३२८ रोपनी क्षेत्रमा बनेको हो। यसको धावनमार्ग ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको कालोपत्र गरिएको छ। तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग र तारबारजस्ता संरचना अझै अधूरै छन्।

स्थानीयवासीले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा उपलब्ध गराएको यो विमानस्थलमा हालसम्म चार करोड रुपैयाँभन्दा बढी स्थानीयको योगदानसहित २८ करोड खर्च भएको छ। २०६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेकाे यो विमानस्थल २०७८ साल फागुन १ गते उद्घाटन गरिएको थियो।

उडान नियमित नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि यात्राका लागि झापा वा विराटनगर धाउन बाध्य छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart