२०२६-०८-१२
२० वर्षमुनिको साफ महिला फुटबल: नेपाल आज श्रीलंकाविरुद्ध खेल्दै>
Action

२० वर्षमुनिको साफ महिला फुटबल: नेपाल आज श्रीलंकाविरुद्ध खेल्दै

काठमाडौं । २० वर्षमुनिका साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुने छ।

यसअघि नेपालले दुई खेल खेलिसकेको छ — पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलले पराजित भएको थियो।

त्यस्तै, श्रीलंका पनि आफ्ना पहिलो दुई खेलमा हार व्यहोरेको छ। उनीहरूले बंगलादेशसँग ९–१ र भुटानसँग ५–० गोल अन्तरले पराजित भएका थिए।

नेपाल, बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेका यो प्रतियोगिता जुलाई २२ सम्म चल्नेछ। प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा आयोजना भइरहेको छ, जसमा प्रत्येक टोलीले एक अर्काविरुद्ध दुईपटक खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

नेपालले आगामी खेलमा जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ मा भुटानविरुद्ध र जुलाई २१ मा बंगलादेशविरुद्ध मैदानमा उत्रने छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart