२०२६-०८-१३
देशभर वर्षाको सम्भावना, पहिरो र नदी सतह बढ्ने चेतावनी>
Action

देशभर वर्षाको सम्भावना, पहिरो र नदी सतह बढ्ने चेतावनी

३१ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देशमा सक्रिय भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बुलेटिनमा आज दिउँसो देशभर सामान्यतया बदली रहने र विशेषगरी बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको उल्लेख छ। यी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने प्रक्षेपण गरिएको छ।

आज राति पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने, साना–ठूला नदी–नालामा पानीको सतह उच्च हुने र यातायात अवरुद्ध हुने सम्भावना रहेको चेतावनी दिएको छ। साथै, नागरिकलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart