२०२६-०८-१२
टप एन्ड टी-२० सिरिजमा नेपाल लगातार दोस्रो जितसँगै सातौं स्थानमा>
Action

टप एन्ड टी-२० सिरिजमा नेपाल लगातार दोस्रो जितसँगै सातौं स्थानमा

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ। बुधबार सम्पन्न पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हरायो।

१३९ रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमै अलआउट भयो। उनका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ तथा ह्‍यारी डिक्सनले १६ रन जोडे। नेपालको बलिङतर्फ सोमपाल कामी घातक बने, उनले ४ ओभरमा १७ रन खर्चिँदै ५ विकेट लिए। कुशल भुर्तेलले २ विकेट हात पारे भने रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित २९ रन बनाए। कप्तान दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन, लोकेश बमले १६ बलमा २४ रन, भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रनको योगदान दिए। रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २–२ विकेट लिए।

यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले मंगलबार होबार्टविरुद्ध ६६ रनको जित निकाल्दै जितको खाता खोलेको थियो। यससँगै नेपालले पाँच खेलमा दुई जितसहित ४ अंक जोडेको छ र सातौं स्थानमा उक्लिएको छ। प्रतियोगिताबाट सेमिफाइनल पुग्न शीर्ष ४ मा पर्नुपर्ने नियम छ।

नेपालले अब शुक्रबार पाकिस्तान शाहीन्ससँग आफ्नो छैटौं खेल खेल्नेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart