२०२६-०८-१२
साउनको पहिलो सोमबार: पशुपति र शिवालयहरूमा भक्तजनको घुइँचो>
Action

साउनको पहिलो सोमबार: पशुपति र शिवालयहरूमा भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज विभिन्न शिवमन्दिरहरूमा भक्तजनको ठूलो भीड देखिएको छ। विशेषगरी काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र भक्तपुरको डोलेश्वर मन्दिरमा श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भई पूजा–आराधनामा जुटेका छन्। हिन्दू धर्मावलम्बीहरूका लागि साउनको सोमबार विशेष धार्मिक महत्व बोकेको हुन्छ, जसमा भगवान् शिवलाई पूजेर व्रत बस्ने चलन छ।

यस वर्ष साउन महिनामा चारवटा सोमबार परेका छन्। आजदेखि सुरु भएको व्रतमा भक्तजनहरूले शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो, फूल–फल चढाएर पूजा गर्दैछन्। धार्मिक विश्वास अनुसार साउन सोमबारको व्रतले अटल सौभाग्य, मनोकांक्षा पूर्ति, पारिवारिक सुख–शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ।

पशुपति क्षेत्र विकास कोषले श्रद्धालुहरूको भीडलाई व्यवस्थित गर्न पशुपतिनाथ मन्दिरका सबै ढोका आज बिहान तीन बजेदेखि नै खुला गरेको छ। कोषका अनुसार आज मात्रै पाँच लाख भक्तजन मन्दिरमा दर्शन गर्न पुग्ने अनुमान गरिएको छ।

यस वर्षदेखि कोषले चक्रपथ वरिपरि चारवटा नि:शुल्क बस चलाएर भक्तजनलाई पशुपतिनाथसम्म पुर्‍याउने व्यवस्था गरेको छ। यो सेवा साउन महिनाका चारै सोमबार सञ्चालनमा रहने छ। साथै, मारवाडी समाजको पहलमा सोमबार मात्र नभई अन्य दिनहरूमा पनि नि:शुल्क भोजनको व्यवस्था गरिएको छ।

धार्मिक आस्थासँगै व्यवस्थापन र सेवा पक्षको समन्वयले भक्तजनहरूको आस्था अझ सशक्त बनाएको देखिन्छ। साउन सोमबारको यस्तो धार्मिक उल्लासले राजधानीलाई आज एक धार्मिक र सांस्कृतिक उत्सवजस्तै बनाएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart