२०२६-०८-१२
सीटीईभीटीको लापरबाही : मिडवाइफी विद्यार्थीहरू अंक गणनामा गल्तीका कारण  अनुत्तीर्ण>
Action

सीटीईभीटीको लापरबाही : मिडवाइफी विद्यार्थीहरू अंक गणनामा गल्तीका कारण अनुत्तीर्ण

काठमाडौं — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत जिरी प्राविधिक शिक्षालयमा सञ्चालित मिडवाइफी कार्यक्रमको परीक्षाफलमा गम्भीर त्रुटि देखिएको छ। मूल्याङ्कनको क्रममा ६० अंकको प्रयोगात्मक परीक्षा ४० अंककै आधारमा मूल्याङ्कन हुँदा १७ विद्यार्थी अनुत्तीर्ण भएका हुन्।

‘फाउन्डेसन अफ मिडवाइफी’ विषयमा प्रयोगात्मकतर्फ ६० अंकको मूल्याङ्कन हुनुपर्नेमा गल्तीले ४० अंकमै नम्बर राख्दा अधिकांश विद्यार्थी फेल भएका हुन्। उनीहरूको मार्कसिटमा २५, २८, २९ अंक देखिन्छ, जुन ४० अंकको आधारमा दिइएको हो। तर सोही अंकलाई ६० मा रूपान्तरण गरिएमा उत्तीर्ण हुने स्पष्ट हुन्छ।

११ जेठमा प्रकाशित नतिजामा ३० मध्ये १३ मात्र उत्तीर्ण हुँदा बाँकी १७ जनाले तुरुन्तै त्रुटि भएको गुनासो शिक्षक र प्रिन्सिपलसँग राखेका थिए। विषय शिक्षकले कम्प्युटर इन्ट्रीमा गल्ती भएको भन्दै चाँडै सुधार हुने आश्वासन दिए पनि १५ दिनसम्म कुनै समाधान नभएपछि विद्यार्थीहरूले औपचारिक रूपमा आवाज उठाएका हुन्।

सुरुमा ‘इन्ट्रीमा गल्ती भएको’ भन्दै ढाडस दिइएको विद्यार्थीहरू अहिले फेरि परीक्षा दिन भनिएकोमा झन् आक्रोशित छन्। शिक्षालयका प्रिन्सिपल कर्मा शेर्पाले मूल्याङ्कनमा त्रुटि भएको स्वीकार गर्दै परीक्षा नियन्त्रण कार्यालयमा नतिजा सच्याउन पत्र पठाइएको जानकारी दिएका छन्। उनका अनुसार बोर्डबाट पनि सुधारको सहमति आएको छ।

तर विद्यार्थीलार्ई फेरि परीक्षा दिन लगाउने तयारी भइरहेपछि अखिल (क्रान्तिकारी) बहुमतले विरोध गर्दै सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यालय प्रवेशमा रोक लगाएको छ। संगठनका सचिव डीबी शाहीले भने, “विद्यार्थीलाई न्याय दिनुको सट्टा फेरि परीक्षा लिने निर्णय दुर्भाग्यपूर्ण छ। त्रुटि स्वीकृत भइसकेको अवस्थामा परिणाम तुरुन्त संशोधन गर्नुपर्छ।”

विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्ने संस्थागत लापरबाहीको विरोधमा विद्यार्थीहरू र संगठनले आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्। अब सीटीईभीटीले त्रुटि सच्याएर नतिजा सच्याउने कि पुनः परीक्षा गराउने भन्ने निर्णय चाँडै नगरे आन्दोलन बढ्ने संकेत देखिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart