ताजा खबर
काठमाडौं — महिला युरोकप फुटबल 2025 को उपाधि इंग्ल्याण्डले जितेको छ। गएराति सम्पन्न रोमाञ्चक फाइनल खेलमा इंग्ल्याण्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै पहिलोपटक विदेशी भूमिमा ठूलाे अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा इंग्ल्याण्डका गोलकिपर हाना हाम्पटन निर्णायक सावित भइन्। उनले स्पेनका दुई प्रहार शानदार रूपमा बचाउँदै टिमलाई जिततर्फ डोर्याइन्।
खेलको २५औं मिनेटमा स्पेनकी मारिओना काल्देन्तेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। तर दोस्रो हाफमा, ५७औं मिनेटमा इंग्ल्याण्डकी अलेसिया रुसोले बराबरी गोल गर्दै खेलमा फर्काइन्। त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा अतिरिक्त समय हुँदै खेल पेनाल्टीसम्म पुगेको थियो।
यो जितसँगै इंग्ल्याण्डले महिला फुटबलमा नयाँ इतिहास रच्दै युरोपियन च्याम्पियनको उपाधि उचाल्न सफल भएको छ।
Super Admin
>