ताजा खबर
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिका–६ मा नाला निर्माणको भुक्तानी दिने क्रममा एक लाख रुपैयाँ घुस लिएको आरोपमा मेयर राम पुकार साह तेलीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उजुरीको आधारमा बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिचौलियामार्फत रकम लिँदालिँदै साहलाई नियन्त्रणमा लिएको थियो।
थप अनुसन्धानमा मेयर साहले नालाको निर्माणपश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको प्रमाण भेटिएको अख्तियारको दाबी छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार एक लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागसहित शुक्रबार आरोपपत्र दायर गरिएको हो।
Super Admin
>