२०२६-०६-१३
स्पोटीफाईले नेपालमा प्रिमियम सदस्यताको मूल्य बढायो>
Action

स्पोटीफाईले नेपालमा प्रिमियम सदस्यताको मूल्य बढायो

संगीतको विश्वचर्चित अडियो प्लेटफर्म स्पोटीफाईले नेपालसहित भारत, बंगलादेश र भुटानका प्रयोगकर्ताका लागि प्रिमियम सदस्यता मूल्य बढाएको छ। कम्पनीले नेपाली प्रयोगकर्तालाई इमेलमार्फत जानकारी दिँदै सेप्टेम्बरदेखि प्रिमियर प्लानको मासिक शुल्क ३.२९ अमेरिकी डलर राखिने जनाएको छ। हाल नेपाली प्रयोगकर्ताले २.९९ डलर तिर्ने गर्दछन्।

स्पोटीफाईले २०१९ देखि दक्षिण एसियाली मुलुकमा सेवा सुरु गरेको थियो। पछिल्लो समय नेपालमा यसको प्रयोगकर्ता संख्या बढ्दै गएको छ र नेपाली गीतसंगीतको पनि प्लेटफर्ममा उल्लेख्य उपस्थिती बढेको छ। विशेष गरी युवा पुस्ताले नेपालीसहित विश्वसंगीत सुन्न स्पोटीफाईमा बढी निर्भर हुन थालेका छन्।

स्पोटीफाईले नेपाली प्रयोगकर्तालाई पठाएको इमेलमा उल्लेख गरेको छ कि मूल्य वृद्धि उत्पादन र सुविधामा नवीनता ल्याउने र उत्कृष्ट अनुभव प्रदान गर्न गरिएको हो। ट्रयाकिङ एजेन्सी स्टार्ट आइओका अनुसार नोभेम्बर २०२४ सम्म नेपालमा स्पोटीफाईका प्रिमियम प्रयोगकर्ताको संख्या २ लाख ३३ हजार पुगेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart