२०२६-०६-१३
‘स्पाइडर-म्यान: ब्राण्ड न्यू डे’ को छायांकन ग्लास्गोमा सुरु, टम हल्याण्ड एक्शन अवतारमा>
Action

‘स्पाइडर-म्यान: ब्राण्ड न्यू डे’ को छायांकन ग्लास्गोमा सुरु, टम हल्याण्ड एक्शन अवतारमा

विश्वप्रसिद्ध सुपरहीरो फिल्म शृङ्खला ‘स्पाइडर-म्यान’को नयाँ संस्करण ‘स्पाइडर-म्यान: ब्राण्ड न्यू डे’ को छायांकन स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको छ।

छायांकनका तस्बिर र भिडिओहरूमा अभिनेता टम हल्याण्ड प्रशंसकहरूसँग भेटघाट गरिरहेको देखिन्छ, भने एक्शन दृश्यहरूमा उनी सक्रिय देखिएका छन्। ग्लास्गोको सहरलाई अमेरिकी सहरजस्तो देखिने गरी सजाइएको छ, र छायांकन कम्तीमा दुई हप्ता चल्नेछ।

यो हल्याण्डको स्कटल्याण्डमा सुट गरिरहेकै दोस्रो फिल्म हो। यसअघि उनलाई क्रिस्टोफर नोलनको ‘द ओडिसी’ को सुटिङका क्रममा इन्भरनेस र मोरे क्षेत्रमा देखिएको थियो।

आइतबार करिब १०० प्रशंसकको भीडलाई सम्बोधन गर्नु अघि हल्याण्ड एक्सन दृश्यको सुटिङमा व्यस्त देखिएका थिए।

डेस्टिन डेनियल क्रेटनको निर्देशनमा तयार हुँदै गरेको यो फिल्म २०२६ जुलाई ३१ मा रिलिज हुने अपेक्षा गरिएको छ।

ग्लास्गोमा पछिल्ला वर्षहरूमा छायांकन भएका ठूला हलिउड फिल्महरूको सूचीमा ‘ब्राण्ड न्यू डे’ पनि थपिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart