२०२६-०६-१३
पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको असरले देशभर वर्षा>
Action

पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको असरले देशभर वर्षा

देशका विभिन्न भागमा हाल पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु सक्रिय रहँदा अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव पनि देखिएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा अधिकांश स्थानमा बादल लाग्नेछ भने तराईका भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात हुन सक्ने भएकाले त्यहाँका बासिन्दा र किसानलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart