ताजा खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्। उपमहासचिव हरिबोल गजुरेलका अनुसार बैठक आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
बैठकमा पछिल्लो स्थानीय समितिको निर्णय कार्यान्वयन, पार्टी एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
साउन १९ गते बसेको स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो। साथै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने र नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि छलफल जारी राख्ने निर्णय पनि गरिसकेको थियो।
तर, यी निर्णयको विपरीत गतिविधि अझै जारी रहेको देखिएकाले त्यसबारे पनि बैठकमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
Super Admin
>