२०२६-०६-१३
नेप्से परिसूचक घट्यो, कारोबार रकममा पनि कमी>
Action

नेप्से परिसूचक घट्यो, कारोबार रकममा पनि कमी

आइतबार सेयर बजारमा नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा बन्द भएको छ ।

यसैगरी, कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ । बिहीबार १५ अर्ब ९८ करोड रूपैयाँको कारोबार हुँदा, आइतबार १३ अर्ब ०७ करोड रूपैयाँको कारोबार मात्र भएको छ । यो २ अर्ब ९१ करोड रूपैयाँको गिरावट हो ।

आइतबार ३१९ वटा धितोपत्रमा कुल ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच भएका थिए ।

यसदिन १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ । ट्रेड टावर र शिभश्री हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

ट्रेड टावरको प्रतिकित्ता मूल्य १,१४८ रूपैयाँ र शिभश्री हाइड्रोपावरको मूल्य २१२ रूपैयाँ १० पैसा कायम भएको छ ।

सान्भी इनर्जीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर १,८०२ रूपैयाँ ४० पैसामा झरेको छ भने समता घरेलु लघुवित्तको मूल्य ९.९६ प्रतिशतले घटेर १,०७२ रूपैयाँ ८० पैसा कायम भएको छ ।

आइतबार नेपाल रिइन्स्योरेन्समा सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको सेयर मूल्य ५.८५ प्रतिशतले घटेर प्रतिकित्ता १,५१५ रूपैयाँ पुगेको छ भने ७५ करोड ३९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनी हिमालयन रिइन्स्योरेन्स हो, जसको सेयर मूल्य १,०५६ रूपैयाँमा ७१ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।

आज बजारका १३ समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेका छन् । यसमध्ये लघुवित्त समूहको परिसूचक सबैभन्दा धेरै, ३.०५ प्रतिशतले घटेको छ ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart