२०२६-०६-१३
निजी विद्यालय सञ्चालकहरूको  १८ भदौबाट विद्यालय बन्दको चेतावनी>
Action

निजी विद्यालय सञ्चालकहरूको १८ भदौबाट विद्यालय बन्दको चेतावनी

काठमाडौं — निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा माग पुरा नगरेको खण्डमा १८ भदौबाट अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायत निजी विद्यालयका छाता संगठनहरूले यही माग राख्दै लामो समयदेखि आन्दोलन जारी राखेका छन्।

निजी विद्यालय सञ्चालकहरूले विशेष गरी गैरनाफामूलक तथा पूर्ण छात्रवृत्ति सम्बन्धी प्रावधान विधेयकबाट हटाउनुपर्ने माग राखेका छन्। पहिलो चरणको आन्दोलन आजबाट सकिएको छ भने दोस्रो चरणका कार्यक्रम आगामी दिनमा लागू हुनेछन्।

दोस्रो चरणका मुख्य कार्यक्रम अनुसार १२ भद्रदेखि प्रत्येक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूका सदस्य विद्यालयको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा आयोजना गरिनेछ। उपत्यकामा माइतीघर मण्डलामा भेला भई र्‍याली गर्दै कोण सभामा परिणत गर्ने योजना छ। १४ र १५ भद्रमा प्रत्येक संस्था आ–आफ्ना तयारी बैठक गर्दै आगामी कार्यक्रमको तयारी गर्नेछ।

१६ भद्रमा देशभरिका स्कूलबसहरूमा कालो झण्डा वा ब्यानर सहित विद्यालयको पायक पर्ने स्थानमा प्रदर्शन गरी नगर परिक्रमा गर्ने कार्यक्रम छ। काठमाडौं उपत्यकामा २७ किलोमिटर चक्रपथ वरिपरि र जिल्लाहरूमा प्रतिघण्टा २० किलोमिटर गतिमा भव्य र्‍याली आयोजना गरिनेछ। यस कार्यक्रममा सबै संगठनका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका पदाधिकारी, सदस्य, विद्यालय सञ्चालक र प्रिन्सिपलको अनिवार्य उपस्थिति रहनेछ।

१७ भद्रमा आगामी कार्यक्रमका लागि व्यापक तयारी र समीक्षा बैठक गरिने छ। अन्ततः १८ भद्रमा पुनः हरेक जिल्ला सदरमुकाममा बृहत खबरदारी सभा र उपत्यकामा माइतीघर मण्डलाबाट कोण सभामा परिणत हुने र्‍याली आयोजना गरिनेछ।

शिक्षा विधेयकमा निजी विद्यालयको माग अनुसार सकारात्मक सुनवाइ नभएमा १८ भद्रदेखि विद्यालय बन्दको कार्यक्रम अनिश्चितकालसम्म लागू गरिनेछ। यसले विद्यार्थी, अभिभावक र शिक्षक समुदायमा असर पर्ने देखिन्छ, र सरकार तथा सम्बन्धित निकायलाई यस विषयमा संवाद र समाधानतर्फ ध्यान दिन आग्रह गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart