ताजा खबर
मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध (खैरो हिरोइन) बरामद गरिएको छ। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले सो मात्रासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको दिल्ली, गौतमपुरी बदरपुर फेस–१ निवासी ४३ वर्षीय सगीर रहेका छन्। प्रहरीले उनको साथबाट भारतीय आधार कार्ड पनि बरामद गरेको जनाएको छ।
ब्युरोका वरिष्ठ सहायक निरीक्षक बालकृष्ण सन्जेलका अनुसार, पक्राउ परेका व्यक्तिलाई सोधपुछपछि आवश्यक कारबाही अगाडि बढाइनेछ।
Super Admin
>