ताजा खबर
२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले जेनजी आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिमा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन्। नख्खु कारागार आसपास भएको आगजनी र तोडफोडमा पार्टी नेताहरूको संलग्नता प्रमाणित भए कानुनअनुसार कारबाही गर्नुपर्ने उनले स्पष्ट पारे।
आचार्यले सामाजिक सञ्जालमार्फत देखिएका उग्र गतिविधिको जिम्मेवारी रास्वपाले नलिने भन्दै पार्टी अहिंसात्मक राजनीति र लोकतान्त्रिक मूल्यमा अडिग रहेको दोहोर्याए। उनले आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै अन्यायको अनुभूति गर्ने युवाहरूसँग सहकार्य आवश्यक भएको बताए।
Super Admin
>