२०२६-०६-१३
जेनजी आन्दोलनको आगजनीमा मौलाकाली केबुलकारमा ७० करोड क्षति, सञ्चालनमा ढिलाइ>
Action

जेनजी आन्दोलनको आगजनीमा मौलाकाली केबुलकारमा ७० करोड क्षति, सञ्चालनमा ढिलाइ

चितवन । पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबुलकारको तल्लो स्टेशनमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ। गत भदौ २४ गते साँझ प्रदर्शनकारीले टिकट काउन्टर, कन्ट्रोल रुम, कार्यालय र क्याफेमा आगो लगाएका थिए। स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार अहिले मर्मतको काम भइरहेको छ र कात्तिकभित्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। आगलागीमा केबुल र सेन्सर प्रणाली जलेर नष्ट भएकाले अस्ट्रियाबाट नयाँ सामान ल्याइँदैछ।

पौडेलका अनुसार झन्डै साढे तीन घण्टासम्म आगो बल्दा ठूलो क्षति भएको र प्रहरी पुग्न नसक्दा आगो निभाउन ढिलो भएको थियो। मौलाकाली मन्दिर दर्शन गर्न जाने करिब ५० प्रतिशत भक्तजन केबुलकारमार्फत पुग्ने भएकाले बन्दले ठूलो असर पारेको छ। दशैं–तिहारमा व्यवसायिक घाटा पनि ठूलो भएको र करिब सय जना स्थानीय रोजगारीविहीन बनेका छन्।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart