२०२६-०६-१३
जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन प्रक्रिया अघि बढ्यो>
Action

जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय आयोग गठन प्रक्रिया अघि बढ्यो

५ असोज, काठमाडौं । जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठनको तयारी अघि बढाएको छ । २३ र २४ भदौमा भएका घटनामा राज्यपक्षको कमजोरी र दोषी पहिचान गर्न आयोग गठन प्रक्रिया गृह मन्त्रालयमा अन्तिम चरणमा पुगेको एक अधिकारीले जानकारी दिए । उनका अनुसार, आगामी मन्त्रिपरिषद्को बैठकबाटै यसबारे औपचारिक निर्णय गरिनेछ ।

मन्त्रालयले विज्ञहरुको रोस्टर तयार गरी आयोगको क्षेत्राधिकार (टीओआर) समेत टुंग्याइसकेको छ । स्रोतका अनुसार, आयोगको नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने सम्भावना छ । उनी भ्रष्टाचारविरुद्धको दृढ छविका कारण अगाडि सारिएको बताइन्छ । आयोग तीन सदस्यीय हुने र बाँकी सदस्यको नाम पनि लगभग तय भइसकेको जनाइएको छ ।

जेनजीसँगको वार्ता नेपाली सेनाको सहजिकरणमा सम्पन्न भएको थियो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्ने निर्णय गरेको हो ।

यस आयोग गठनसँगै आन्दोलनमा भएका घटनाबारे सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart