२०२६-०६-१३
‘गुण्डा नाइके’ भनेर चिनिएका चक्रे मिलनसहित १९ जनामाथि मुद्दा दर्ता>
Action

‘गुण्डा नाइके’ भनेर चिनिएका चक्रे मिलनसहित १९ जनामाथि मुद्दा दर्ता

काठमाडौं — ‘गुण्डा नाइके’ भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीहरूको मुद्दा जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलासमा परेको छ र हाल उनीहरूको बयानको प्रक्रिया चलिरहेको छ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनमार्फत चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरिएको थियो। जसमध्ये २८ जनालाई अनुसन्धानपछि छाडिएको हो। पक्राउ पर्नेहरूमा अधिकांश १५ साउनको रात महाराजगञ्जस्थित होटल साम्बालामा आयोजित चक्रे मिलनको जन्मदिन पार्टीमा सहभागी थिए।

प्रहरीको दाबीअनुसार, पार्टीको क्रममा राति होहल्ला, अभद्र व्यवहार र धारिलो हतियार प्रदर्शनजस्ता गतिविधि भएको थियो। यही आरोपमा ‘पटके अपराधी’का रूपमा उनीहरूमाथि मुद्दा चलाइएको हो।

तर अदालतमा दिएको बयानमा चक्रे मिलनले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन्। उनले आफू नेकपा एमालेको गोरखा जिल्ला पार्टी सदस्य र समाजसेवी भएको दाबी गर्दै जन्मदिन पार्टीमा केवल साथीभाइको निमन्त्रणा र मायाका कारण भेला भएको बताए। उनका अनुसार, पार्टी ग्राउण्ड फ्लोरमा खाना र रुफटपमा केक काट्ने सामान्य कार्यक्रम मात्र थियो, जसमा धारिलो हतियार प्रदर्शन वा सार्वजनिक आवागमनमा अवरोधजस्ता कार्य भएका छैनन्।

उनले भने, “ठूलो संख्यामा साथीभाइलाई निम्ता गरेर जन्मदिन मनाउनु नै मेरो गल्ती भयो, तर अभद्रजन्य वा आपराधिक गतिविधि मैले गरेकै छैन।”

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart