२०२६-०८-१२
‘गो हर्के गो’, दुई दशक पुरानो गीत किन अहिले चर्चामा ?>
Action

‘गो हर्के गो’, दुई दशक पुरानो गीत किन अहिले चर्चामा ?

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक गीत निकै चलेको छ— ‘गो हर्के गो…’। टिकटक, फेसबुकदेखि इन्स्टाग्राम र युट्युबसम्म यो गीत छ्याप्छ्याप्ती सुनिन थालेको छ।

गीतमा ‘हर्के’ भन्ने पात्रलाई शहर छिरे पनि शहरी जीवनशैलीमा घुलमिल हुन नसकेका व्यक्ति रूपमा प्रस्तुत गरिएको छ। त्यसैले गीतले उसलाई भनिरहेको छ— “गो हर्के गो, जा हर्के जा, हर्के घर जा।”

यो गीत ९० को दशकको मध्यतिर आएको हो। द वाइनर्स नामक ब्यान्डको ‘ट्रिब्युट’ एल्बममा समावेश यो ‘कन्ट्री पङ्क रक’ शैलीको गीत किरण गुरुङले गाएका हुन्।

गीतलाई चक बेरीको ‘जोनि बी गुड’ बाट प्रेरित भएको बताइन्छ। युट्युबमा यसको अकोस्टिक भर्सन (२००८) र स्टुडियो भर्सन (२०१३) दुवै उपलब्ध छन्, यद्यपि आधिकारिक च्यानलमा होइन।

गीतमा हर्केलाई सारङ्गी जिम्मी हेन्ड्रिक्स जस्तै बजाउने, बाबुको सम्पत्ति ह्विस्कीमा उडाउन, कुमार बस्नेत जस्तै रक एन्ड रोल गाउने, टाउकोमा फेटा बाँधी गुन्डा जस्तो हिँड्ने पात्रका रूपमा चित्रण गरिएको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart