ताजा खबर
काठमाडौं । चर्चित बलिउड अभिनेत्री मौनी रोय हाल काठमाडौंमा भ्रमणमा छिन्। प्राप्त तस्वीरमा उनी पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै देखिन्छिन्।
मौनीले आफ्नो सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखेकी छिन्, “पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय।” उनले चौथो ज्योर्तिलिंगको दर्शन गरेको अनुभव व्यक्त गर्दै खुशी प्रकट गरेकी छन्।
रोयको काठमाडौं भ्रमण धार्मिक उद्देश्ययुक्त देखिन्छ। उनी सहयोगीसहित राजधानी आइपुगेकी हुन्। हल्का पहेँलो कुर्तामा मौनी निकै आकर्षक देखिएकी छन्।
Super Admin
>