२०२६-०६-१३
भेनिस फिल्म फेस्टिभलमा ‘फादर मदर सिस्टर ब्रदर’लाई गोल्डेन लायन अवार्ड>
Action

भेनिस फिल्म फेस्टिभलमा ‘फादर मदर सिस्टर ब्रदर’लाई गोल्डेन लायन अवार्ड

काठमाडौं । विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा यस वर्षको सर्वोच्च सम्मान ‘गोल्डेन लायन अवार्ड’ अमेरिकी निर्देशक जिम जार्मुस निर्देशित फिल्म फादर मदर सिस्टर ब्रदरले जितेको छ। तीन भिन्न परिवार र उनीहरूको जीवनकथा प्रस्तुत गरिएको यस फिल्मले आफ्नो गहिरो भावनात्मक प्रस्तुति र कलात्मक शक्तिका कारण निर्णायक मण्डललाई प्रभावित पारेको हो।

फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड भने द स्म्यासिङ मेसिन फिल्ममार्फत बेनी सफ्दीले हात पारे। गाजामा आधारित कथामा बनेको द भ्वाइस अफ हिन्द रजबले ग्राण्ड जूरी अवार्ड जित्दै यस वर्षको अर्को महत्वपूर्ण सम्मान आफ्नो पोल्टामा पारेको छ।

पुरस्कार ग्रहण गर्दै निर्देशक जार्मुसले आफ्नो चिनारीजस्तै सनग्लास र स्टाइलिस मरुन सुटमा उपस्थित हुँदै छोटकरीमा ‘ओट सिट’ वाक्य उच्चारण गरे। उनले भने, “हामी फिल्म निर्माता प्रतिस्पर्धाबाट होइन, सिर्जनात्मक यात्राबाट प्रेरित हुन्छौं। तर यस्तो मान्यता पाउनु मेरो लागि विशेष महत्व राख्छ।” उनले भेनिस शहरप्रति कृतज्ञता जनाउँदै कासानोभा, भिभाल्डी र टेरेन्स हिलजस्ता नाम स्मरण गरे।

उनले आफ्ना दर्शक र निर्णायकलाई धन्यवाद दिँदै फादर मदर सिस्टर ब्रदरलाई दिएको मान्यतालाई आफ्नो यात्राको महत्वपूर्ण क्षण बताए। त्यस्तै, उत्कृष्ट निर्देशकको पुरस्कार जितेका बेनी सफ्दीको भाषणप्रति पनि उनले खुलेर प्रशंसा गर्दै भने, “कलाले सधैं राजनीतिलाई प्रत्यक्ष सम्बोधन गर्नुपर्छ भन्ने छैन। तर यसले सहानुभूति र संवेदना जगाउने सामर्थ्य राख्छ, जुन समस्या समाधानको पहिलो कदम हो।”

यस पटकको भेनिस फिल्म फेस्टिभलमा प्रस्तुत विविध कथानक र गहिरा सन्देशयुक्त फिल्महरुले विश्व चलचित्रजगतमा नयाँ दृष्टिकोण थपेको छ। जार्मुसको फिल्मले पारिवारिक सम्बन्ध र मानवीय भावनाको गहिरो चित्रणमार्फत फेस्टिभलको शिखर सम्मान जित्नु विश्व फिल्म समुदायका लागि प्रेरणादायी क्षण बनेको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart