ताजा खबर
काठमाडौं – भृकुटीमण्डपमा आजदेखि चौथो अन्तर्राष्ट्रिय नेपाल इलेक्ट्रिक, इलेकट्रोनिक्स, पावर र लाइट एक्सपो सुरु भएको छ। यो एक्सपो १५ भदौसम्म सञ्चालन हुनेछ।
एक्सपोमा नेपालका विभिन्न कम्पनीसँगै भारतीय कम्पनीका स्टल पनि रहेका छन्। इलेक्ट्रिक, पावर र लाइट सम्बन्धी नयाँ प्रविधि, उपकरण र सेवा यहाँ प्रदर्शित गरिएका छन्।
सर्वसाधारणले यस एक्सपोमा नयाँ उपकरण र प्रविधि अवलोकन गर्न सक्नेछन्। एक्सपोको उद्देश्य उद्योग व्यवसायी, लगानीकर्ता र उपभोक्ताबीच सञ्जाल विस्तार गर्नुका साथै नवप्रवर्तन र उत्पादन प्रवर्धन गर्नु रहेको आयोजकले जनाएको छ।
Super Admin
>