ताजा खबर
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २७ साउनमा प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार मुख्यमन्त्रीले प्रस्ताव पेश गर्ने भएकाले सभामुख भुवनकुमार पाठकले सो दिन दिउँसो ४ बजे बैठक आह्वान गरेका हुन्।
संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावलीअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। बानियाँ २० साउनमा बागमतीको छैठौँ मुख्यमन्त्री बनेका थिए। उनले नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ सांसदको समर्थनमा दाबी पेश गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक छ।
विश्वासको मत प्राप्त गरेपछि बानियाँले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। उनले पहिलो चरणमा एमालेका ६ र कांग्रेसका २ जनालाई मन्त्री नियुक्त गरेका छन्। तर, कांग्रेसभित्र मन्त्री चयनमा असन्तुष्टि देखिएको छ। विशेषगरी, २० साउनमा बहादुर पक्षका सांसदलाई मन्त्री नबनाएको र १४ साउनमा मन्त्री नियुक्त भएर पनि सपथ लिन नपाएका तीन जनालाई पहिलो चरणमै मन्त्री बनाउनुपर्ने सहमति पालना नगरेको भन्दै गुटीय असन्तुष्टि चर्किएको छ।
Super Admin
>