२०२६-०६-११
बिग बोस सीजन  १९ आउदै>
Action

बिग बोस सीजन १९ आउदै

टीभी र ओटीटीमा दर्शकको मन जित्न वर्षौंदेखि चर्चामा रहने र विवादको केन्द्र बन्ने ‘बिग बोस’को सिजन १९ अब एकदम नयाँ ट्विस्टसहित आउँदैछ। ‘घरवालों की सरकार’ भन्ने रोचक थिमसहित यो सिजन **८ भदौ (२४ अगस्ट)**बाट सुरु हुँदैछ। झन् रमाइलो त के भने, यसपटक शो २४ घण्टा लाइभ अपडेटसहित ओटीटी प्लेटफर्म जियो सिनेमा र कलर्स टिभीमा फरक समयमासमेत उपलब्ध हुनेछ।

कलर्समा राति १०:३० बजे आउनुअघि, शो जियो सिनेमामा राति ९ बजे नै हेर्न सकिनेछ। यसपटक शो २०–२२ हप्तासम्म लामो हुने अनुमान गरिएको छ, जुन अघिल्ला सिजनभन्दा निकै फरक हो।

यस सिजनको सबैभन्दा ठूलो ट्विस्ट भनेको शक्ति वितरणमा आएको परिवर्तन हो। पहिले जहाँ एकजनाको हुकुम चल्थ्यो, अब घरको शासन सबै सदस्यहरूको साझा निर्णयमा चल्नेछ। यसले घरभित्रको राजनीति, गठबन्धन र झगडालाई अझ तीव्र बनाउने अनुमान छ।

प्रतिस्पर्धीको रूपमा यसपालि अपूर्व मखिजा, खुशी दुबे, गौरव खन्ना, भाविका शर्मा, जन्नत जुबैर, धीरज धुपार, सुश्री फैसुजस्ता चर्चित अनुहारको नाम चर्चामा छन्, तर आधिकारिक घोषणा भने अझै बाँकी छ।

र, सलमान खान बिना ‘बिग बोस’ अधूरो लाग्ने दर्शकलाई खुसीको खबर छ — उनी पुनः होस्टको रूपमा फर्कंदैछन्। चर्को पारिश्रमिक लिएर! रिपोर्टअनुसार, सलमानले यस सिजनका लागि १२०–१५० करोड भारु पारिश्रमिक लिँदैछन् — जुन अहिलेसम्मकै सबैभन्दा महंगो डिल हो।

सस्पेन्स, सत्ता, शक्ति र सलमान – बिग बोस १९ हेर्न तयार हुनुहोस्!

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart