२०२६-०८-१२
विश्वप्रसिद्ध सेलोवादक हाउसरले ‘रुकुम मैकोट’लाई आफ्नै स्वरमा बजाए>
Action

विश्वप्रसिद्ध सेलोवादक हाउसरले ‘रुकुम मैकोट’लाई आफ्नै स्वरमा बजाए

काठमाडौं — नेपाली गीत ‘रुकुम मैकोट’ फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा गुञ्जिएको छ। विश्वभर चर्चित क्रोएसियाली सेलोवादक स्टेपन हाउसरले यस लोकप्रिय गीतलाई आफ्नो विशेष शैलीमा प्रस्तुत गरेका छन्। टू सेलोस (2CELLOS) नामक चर्चित साँगीतिक जोडीका सदस्यका रूपमा चिनिएका हाउसरले ‘खुस्मा’ फिल्मको पार्श्वगीत ‘रुकुम मैकोट’लाई छोटो सेलो कभर बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

उनको प्रस्तुति छोटो भए पनि नेपाली गीतप्रतिको सम्मान झल्किने खालको छ। यसअघि लन्डनको रोयल अल्बर्ट हल, न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेन, सिड्नीको ओपेरा हाउसजस्ता विश्वका प्रतिष्ठित कन्सर्ट स्थलहरूमा प्रस्तुति दिँदै दर्शक–श्रोतालाई मोहित बनाइसकेका हाउसर अहिले सोलो यात्रामा छन्। यही क्रममा उनले नेपालको संगीतलाई पनि आफ्नै शैलीमा समेटेका हुन्।

‘रुकुम मैकोट’ एसडी योगीले संगीतबद्ध गरेका हुन्। गीत रिलिज भएको केही समयमै यो युट्युबमा १० करोड भ्युज पाउने पहिलो नेपाली गीत बनेको थियो। लामो समयसम्म ग्लोबल ट्रेन्डिङमा परेको यस गीतले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको थियो।

हाउसरले गरेको कभरले फेरि एकपटक नेपाली संगीतप्रेमी मात्र होइन, विश्वका संगीतप्रेमीहरूलाई समेत ‘रुकुम मैकोट’तर्फ आकर्षित गर्ने विश्वास गरिएको छ। छोटो भिडियो भए पनि विश्वस्तरीय संगीतकारले नेपाली धुनलाई बजाउनु नेपाली संगीतको पहुँच र प्रभाव बढ्दै गएको संकेतको रूपमा लिइएको छ।

यो प्रस्तुति नेपाली गीतलाई अन्तर्राष्ट्रिय संगीत–संवादमा थप सशक्त बनाउँदै सांगीतिक जगतमा नयाँ उर्जा भर्ने काम गरेको छ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart