२०२६-०८-१३
उर्लाबारीको ‘फूल सडक’ : हर्क थेबेको श्रमले टोलको रूप बदलियो>
Action

उर्लाबारीको ‘फूल सडक’ : हर्क थेबेको श्रमले टोलको रूप बदलियो

मोरङ, उर्लाबारी–९ आम्बारी डाँडाटोलका हर्क थेबेले २० वर्ष माल्दिभ्समा बिताएपछि गाउँ फर्केर सफा–सुन्दर बस्ती बनाउने सपना देखे। उनले सडक छेउका झाडी सफा गर्दै फूल रोप्न थाले। सुरुमा कतिले हाँसे, कतिले बेवास्ता गरे, तर उनले हार मानेनन्।

दुई वर्षको मेहनतपछि सडक खण्ड अब रंगीन फूलले ढकमक्क छ, जहाँ दैनिक मानिस सेल्फी खिच्न र टिकटक बनाउन भेला हुन्छन्। हर्कले करिब २.५ लाख रुपैयाँ आफ्नै खर्चमा असारे फूल रोपेका हुन्।

स्थानीय पत्रकार तेजन खड्काले यसलाई “साँचो सामाजिक रूपान्तरणको उदाहरण” भनेका छन् भने वडाध्यक्ष नरबहादुर मोक्तानले यस प्रयासलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन्।

आज ‘फूल सडक’ केवल सुन्दरताको प्रतीक मात्र होइन, टोलको गौरव बनेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart