ताजा खबर
इलाम– अभिनेता दयाहाङ राई फिल्म ‘मैझारो’को सुटिङ सेटमा लिम्बु समुदायको भेषभुषामा देखिएका छन्। छायांकन अन्तिम चरणमा पुगेको बेला सार्वजनिक गरिएको लुक्समा राई तीर हानिरहेको दृश्य समेटिएको छ।
यसअघि फिल्ममा उनका अनुबन्धनलाई गोप्य राखिएको थियो। निर्देशक समेत रहेका राईले आफ्नो लुक्स सार्वजनिक गर्दै दर्शकलाई सरप्राइज दिएका हुन्।
फिल्मको छायांकन साउन पहिलो सातादेखीदेखि इलाममा भइरहेको छ। छायांकन देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलमा गरिएको छ।
फिल्ममा दयाहाङ राईसँगै धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय रहेको छ।
‘मैझारो’ फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको छ र छायांकन सकिएपछि प्रदर्शनको तयारी थालिनेछ।
Super Admin
>