२०२६-०६-११
शेयर बजारको उकालो यात्रा, नेप्से साताभर नै सकारात्मक>
Action

शेयर बजारको उकालो यात्रा, नेप्से साताभर नै सकारात्मक

काठमाडौं । यो साताभर नै शेयरजारमा सुधार देखिएको छ । साताको पहिलो कारोबार दिनदेखिनै बढ्न थालेको बजार परिसूचक नेप्से अन्तिम कारोबार दिनसम्म पनि बढेर बन्द भएको हो । ५ कारोबार दिनमा नेप्से परिसुचक १ सय १५ दशमलब ७२ अंकले बढेको छ । बिहिबार पनि बढ्ने क्रमलार्इ नेप्सेले निरन्तरता दिदाँ परिसूचक १० दशमलब ४३ अंक बढेर २६ सय ७६ दशमलब ०३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलब ४८ अंक बढेको छ । नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। बुधबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३३ स्टकको ८६ हजार १७० पटकको कारोबारमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएको हिमस्टार उर्जा र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७ दशमलब ७८ प्रतिशत घटेको छ।


कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४० करोड १७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १ दशमलब ४७ प्रतिशत बढेको छ। वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart