ताजा खबर
सुनसरी । सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ।
दिउँसो २ बजे मापन गर्दा प्रवाह एक लाख ७४ हजार ३७५ क्युसेक थियो र २३ ढोका खोलिएको थियो। अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ ढोका खोलिएका छन्। पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने प्रचलन अनुसार कन्ट्रोल रुमले रातो बत्ती बालिएको जानकारी दिएको छ।
Super Admin
>