ताजा खबर
हलिउड फिल्म ‘अवतार’ सिरिजको तेस्रो भाग ‘अवतार : फायर एण्ड एस’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार हलमा ट्रेलर रिलिज भए पनि इन्टरनेटमा सोमबार बेलुका मात्र यसको सार्वजनिक भएको हो।
जेम्स क्यामरुन निर्देशित यो विज्ञान कथामा आधारित फिल्म डिसेम्बर १९, २०२५ मा विश्वव्यापी प्रदर्शन हुने तयारीमा छ। फिल्ममा काल्पनिक पाण्डोरा ग्रहका दुई आदिवासी जातीहरू र ज्वालामुखीको दृश्य समावेश गरिएको छ।
फिल्ममा साम वर्थिङ्टन, जोय साल्दाना लगायतका कलाकारको मुख्य भूमिका छ।
अवतार सिरिजका पहिलो दुई भाग विश्व फिल्म इतिहासमा सर्वाधिक कमाउने शीर्ष पाँच फिल्महरूमा पर्दछन्। सन् २००९ मा रिलिज भएको पहिलो भागले २.९२४ अर्ब डलर र दोस्रो भाग ‘अवतार : द वे अफ वाटर’ ले २.३२० अर्ब डलर आर्जन गरिसकेको छ।
तेस्रो श्रृंखलालाई फ्रेन्चाइजीकै अन्तिम भागको रूपमा प्रस्तुत गरिएको छ।
Super Admin
>