२०२६-०८-१२
ऋण, अभाव र सन्तान वियोगपछि आयो करोडको उपहार>
Action

ऋण, अभाव र सन्तान वियोगपछि आयो करोडको उपहार

धादिङ — कहिल्यै मनग्ये आम्दानी नभएको, कहिल्यै ठूलो सपना देख्न नसकेको एउटा गाउँकी आमाको जीवनमा एकदिन अकस्मात् ‘एक करोड’ रुपैयाँको खुसखबरीले झैंझन् ल्यायो।

पार्वती कार्की — मेलापात गरेर बिहान–साँझको छाक टारिरहेकी, श्रीमान् वैदेशिक रोजगारीमा र छोरा काठमाडौंमा भएको, आफैं भने गाउँमै संघर्षरत। जीवन जसोतसो चलिरहेको थियो—न आयको भर थियो, न सपनाको पंख।

कुनै बेला ऋणमा डुबेको किराना पसल, कहिल्यै नपुरिने सन्तानवियोग, र २०७२ सालको भूकम्पले भत्काएको नयाँ घर—पार्वतीको जीवनमा दुखका कति गहिरा पाना छन्। एक महिनाको नातिको मृत्युले रित्तिएको कोख अझै दुखिरहन्छ।

तर एक साँझ, बारीबाट फर्केपछि उनले देखिन्—मोबाइलमा केही मिस्ड कल। सुरुमा बेवास्ता गरिन्। तर कल आउने क्रम रोकिएन। फोन उठाउँदा थाहा भयो, काठमाडौंस्थित एनसेलको कार्यालयबाट फोन आएको रहेछ—उहाँलाई एक करोड रुपैयाँको बम्पर उपहार परेको छ।

"सपना हो कि विपना," उनले भनिन्, “कहिल्यै कल्पना नगरेको कुरा भयो।”

एनसेलको 'सधैं अन करोडपति' योजनाअन्तर्गत पार्वतीले ९९ रुपैयाँको डाटा प्याक लिएको केही दिनमै भाग्यले खेल गर्‍यो। काठमाडौं आइन, एनसेलको मुख्यालय पुगिन्, छोरोलाई साथ लिएर। हातमा पुष्पगुच्छा, पछाडि करोड रुपैयाँ लेखिएको पोस्टर, अनुहारमा आश्चर्य र आँखामा खुसीका आँसु।

पार्वतीको प्राथमिकता अहिले स्पष्ट छ—पहिलो, टाउकोमा थिचिएको ऋण तिर्ने। दोस्रो, श्रीमान् विदेशबाट बोलाएर आफ्नै ठाउँमा केही व्यवसाय गर्ने। तेस्रो, छोरालाई राम्रो शिक्षाको व्यवस्था मिलाउने।

“हामीले दुःख धेरै सह्यौं। अब अलिकति सुख पाइयोस् भन्ने मात्र चाहना छ,” पार्वतीले भनिन्।

यो घटना पार्वतीको लागि मात्र होइन, लाखौंका लागि सन्देश पनि हो—कहिलेकाहीँ जीवनले पनि अप्रत्याशित मोड लिन्छ। कहिलेकाहीँ सपना पूरा हुनेछन् भन्ने भरोसा राख्न जरुरी छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart