२०२६-०६-१३
रौतहट सुटकेस हत्या प्रकरण: मुख्य आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला>
Action

रौतहट सुटकेस हत्या प्रकरण: मुख्य आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला

रौतहटमा चर्चित बनेको सुटकेस हत्या प्रकरणमा मृत भेटिएकी रुबि साहका मुख्य आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर नजिकै बगैंचाबाट बिसुनपुरवा–मानपुर जाने बाटोमा आइतबार बिहान करिब साढे ६ बजे घाइते अवस्थामा भेटिएका हुन्। उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको खुलेको छ। गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि गरुडास्थित एक अस्पतालमा पुर्‍याएको जनाएको छ।

गत शनिबार डेराबाट "गौर बजार जान्छु" भनेर हिँडेकी २६ वर्षीया रुबि साहको शव सुटकेसभित्र प्याक गरेर फालिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा प्रेम प्रकरण र व्यक्तिगत विवादका कारण हत्या भएको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार आत्मदाह प्रयासमा पासवान गम्भीर घाइते छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart